सुवास योञ्जनको नेतृत्वमा तामाङ पत्रकार संघको ३५ सदस्यीय नयाँ कार्यसमिति चयन

४ पुस, काठमाडौं । तामाङ पत्रकार संघको छैठौं महाधिवेशन सम्पन्न भएको छ । सनिबार स्वयम्भुमा सम्पन्न भएको अधिवेशनबाट सर्वसहम्मतबाट सुवास योन्जन तामाङको नेतृत्वमा  नयाँ कार्यसमिति चयन गरेको छ । दोलखा निवासी सुबाष क्यापिटल नेपाल अनलाइन डटकममा कार्यरत रहेका छन् ।

३५ सदस्यीय सदस्यमा बाँकी सदस्यहरु पछि मनोनितबाट आउनेछन ।  संघले आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमिति हेर्नुहोस :

अध्यक्षः सुवास योन्जन
बरिष्ठ उपाध्यक्षः बुद्ध योन्जन
प्रथम उपाध्यक्षः बिश्व राज तामाङ, नेत्र तामाङ, अन्जु तामाङ
महासचिवः तिर्थमान बल
सचिवः शिशिर तामाङ,उर्गेन लो तामाङ्ग र सरस्वती तामाङ्ग
कोषाध्यक्ष: डोल्मा छिरीङ तामाङ्ग
सदस्यहरू:-
अनुप योन्जन
इच्छामान तामाङ
युनिक रक्षा ग्लान
बिमल तामाङ
शर्मिला तामाङ
मिक्साङ लामा
राजेस रुम्बा
किशोर कुमार ब्लोन
साङ बहादुर लो (राजु)
मिलन कुमार लामा
हिरामान बल
गमला लामा
जिबि लामा
शान्ति तामाङ
मानवी मोक्तान
रामचन्द्र तामाङ
कृतिका ग्लान
मिङ्मा लामा

महाधिवेशनलाई सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उद्घाटन गरेका थिए ।

पिएलटिभि अनलाइन डटकमका प्रकाशक अनुप योन्जन केन्द्रीय सदस्यमा चयन

सनिबार सम्पन्न भएको तामाङ पत्रकार संघको छैठौं अधिवेशनबाट अनुप योन्जन केन्द्रीय सदस्यमा सर्वसहम्मतले चयन भएका छन् । तामाङ पत्रकार संघ मोरङ शाखाको संस्थापक अध्यक्ष समेत रहेका योन्जन पिएलटिभि अनलाइन डटकमका प्रकाशक हुन् ।