११ चैत्र २०७९, शनिबार
नेपाली कांग्रेस पथरीशनिश्चरे ७ वार्ड कार्य समितिले विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको छ । बैठकले पुराना क्रियाशील सदस्य नविकरण, नया क्रियाशील बितरण र छाया समिति सदस्य बारेमा निर्णय गरेको हो ।
उक्त भेलाले छाया समितिमा जितन राईको नेतृत्वमा रहेका पुराना पदाधिकारीलाई निरन्तरता दिने निर्णय गरेको नेपाली कांग्रेसका वार्ड सभापति इन्द्र बाहदुर गौतमले बताउनु भयो।
सो कार्यक्रमामा अन्य दलबाट पार्टी परित्याग गरि स्थानिय दुर्गा श्रेष्ठ र गुन्जा सेन्चुरीले नेपाली काङ्ग्रेस पार्टीमा प्रवेस गर्नु भएको हो।
नवआगन्तुकलाई उक्त कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाली कांगेसका जिल्ला सदस्य अनुप योञ्जनले खादा ओढाई स्वागत तथा धन्याबाद समेत दिनु भयो।
कार्यक्रममा सोहि वार्डको नेपाली काङ्ग्रेसका धेरै नेता तथा कार्यकर्ताहरुले उपस्थिति जनाएका थिए।